काठमाण्डौ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ वैदेशिक रोजगारीमा रहेका श्रमिकले आवेदन दिने आज अन्तिम दिन रहेको छ। स्थानीयका लागि भने आवेदन दिने म्याद थप गरिएको छ।
कम्पनीले फागुन ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको भएको थियो। यो आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्। स्थानीयका लागि आउँदो चैत ७ गतेसम्म आवेदन दिने म्याद थप गरिएको धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ।
कम्पनीले स्थानीयलाई जारी पुँजी ५० करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँबराबरको सेयर बिक्री गर्नेछ। जसअनुसार १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ४४ हजार ५३ कित्ता सेयर निष्कासन गरिएको छ। यसमध्ये आयोजना अतिप्रभावित क्षेत्र नौमुलेद्वारी–३ दैलेखका स्थानीयका लागि २ लाख ७२ हजार २६ कित्ता र त्यसबाहेक दैलेख जिल्लाका स्थानीय बासिन्दाका लागि २ लाख ७२ हजार २६ कित्ता सेयर छुट्याइएको छ।
यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने १ लाख ८ हजार ८११ कित्ता सेयर छुट्याइएको छ। स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
स्थानीय बासिन्दाले आयोजनास्थल, एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago