 
                     
                                
                             
                                    काठमाण्डौ । करिब २२ लाख नेपाली विदेशमा रहेको पाइएको छ।
आज सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार २१ लाख ९० हजार ५९२ जना नेपाली विदेशमा बसोबास गर्ने गरेको पाइएको हो। यो संख्या अघिल्लो राष्ट्रि जनगणना २०६८ को तुलनामा २ लाख ६९ हजार ९८ ले बढी हो।
जनगणना २०६८ का अनुसार १९ लाख २१ हजार ४९४ जना नेपाली विदेशमा बसोबास गरेको पाइएको थियो।
जनगणना २०७८ अनुसार हाल विदेशमा बसोबास गर्ने नेपालीमा १७ लाख ९९ हजार ६७५ जना पुरुष छन्। जुन विदेशमा बस्ने कुल संख्याको ८२.२ प्रतिशत हो।
त्यस्तै ३ लाख ९० हजार ९१७ अर्थात १७.८ प्रतिशत महिला विदेशमा बसोबास गरिरहेको प्रतिवेदनमा देखिएइएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19