काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षाभत्तालाई विद्युतीय माध्यमबाट भुक्तानी गरिने घोषणा गरेको छ । 

सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । 

यस्तै, उनले एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र दिइसक्ने गरी काम गर्ने समेत उद्घोष गरे । आगामी ३ वर्षभित्र जग्गाधनी, सवारी चालक प्रमाणपत्र, बैंक खाता लगायतमा अनिवार्य राष्ट्रिय परिचयपत्र हुनुपर्ने व्यवस्था समेत कार्यान्वयनमा ल्याइसकिने उनको उद्घोष छ । 

यस्तै, राष्ट्रपति पौडेलले विदेशमा रहेका नेपालीलाई निर्वाचनमा मतदान गर्न सकिने व्यवस्था गरिने समेत घोषणा गरेका छन् ।