 
                     
                                
                             
                                    काठमाण्डौ । विदेशमा रहेका नेपाली श्रमिकका लागि जारी नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ आज जेठ २४ गते बाँडफाँड गरिएको छ।
धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले आईपीओ बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको थियो।कम्पनीले गत वैशाख ३१ गतेदेखि जेठ १४ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ३५ हजार ३०० कित्ता सेयर बिक्री खुला गरेको थियो।
यो आईपीओमा विदेशमा रहेका २० हजार ७९१ नेपाली श्रमिकबाट कुल ६ लाख ८८ हजार ३७० कित्ता सेयर माग भएको थियो। जसमा २० हजार ७८५ आवेदकबाट परेको ६ लाख ८८ हजार १५० कित्ता सेयर सदर भएको छ भने ६ आवेदकबाट परेको २२० कित्ता सेयर बदर भएको छ।
यो आईपीओमा १० कित्तादेखि ५०० कित्तासम्म आवेदन दिने २० हजार ७८५ आवेदक, २० कित्तादेखि ५०० कित्तासम्म आवेदन दिने १६ हजार ५९५ आवेदक र ३० कित्तादेखि ५०० कित्तासम्म आवेदन दिने ६ हजार १५० आवेदकलाई १०–१० कित्ताका दरले कुल ४ लाख ३५ हजार ३०० कित्ता सेयर बाँडफाँड गरिएको मेगा क्यापिटलले जनाएको छ।

 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19