काठमाण्डौ । विदेशमा रहेका नेपाली श्रमिकले मिड सोलु हाइड्रोपावरको आईपीओ भर्ने आज साउन २८ गते अन्तिम दिन रहेको छ। यो आईपीओमा स्थानीयका लागि भने म्याद थप गरिएको छ।
कम्पनीले गत साउन १४ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओमा विदेशमा रहेका श्रमिकले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्। स्थानीयले भने साउन ३० गतेसम्म आवेदन दिन पाउने गरी म्याद थप गरिएको छ।
कम्पनीले स्थानीयलाई जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ७ करोड ४८ लाख ४० हजार रुपैयाँबराबरको सेयर बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले १०० अंकित दरका ७ लाख ४८ हजार ४०० कित्ता सेयर स्थानीयका लागि जारी गरेको छ।
कम्पनीले स्थानीयका लागि छुट्याइएको कुल कित्तामध्ये ५ लाख ६१ हजार ३०० कित्ता सेयर आयोजना अतिप्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ३, ४, ५, ६, ७ र ११ का बासिन्दालाई जारी गरेको छ। बाँकी १ लाख ८७ हजार १ सय कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लामा बसोबास गर्ने स्थानीयका लागि बिक्री खुला गरिएको छ।
यसैगरी कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने कुल ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने ७४ हजार ८४० कित्ता सेयरमा भने विदेशमा रहेका श्रमिकले आवेदन दिन पाउनेछन्।
यो आईपीओमा स्थानीय र विदेशमा रहेका श्रमिकले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
स्थानीयले सोलुखुम्बुको सल्लेरीमा रहेको एनआईसी एसिया बैंक, सोलुदूधकुण्डमा रहेको लक्ष्मी सनराइज बैंक, लुक्लामा रहेको राष्ट्रिय वाणिज्य बैंक, सल्लेहरीमा रहेको राष्ट्रिय वाणिज्य बैंक र नाम्चेबजारमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।
यो आईपीओको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago