भ्यानकुभर (क्यानाडा) । अर्थमन्त्री डा. प्रकाशशरण महतले क्यानाडाको भ्यानकुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पुँजीलाई नेपालको विकासमा लगाउन आग्रह गरेका छन्।
भ्यानकुभरमा रहेएका नेपाली समुदायसँग छलफल तथा अन्तर्क्रिया गर्ने क्रममा अर्थमन्त्री महतले यस्तो आग्रह गरेका हुन्। अहिले नेपालमा लगानीमैत्री वातावरण निर्माण हुँदै गएको तथा ऊर्जा, पर्यटन, सूचना प्रविधि एवं कृषि उद्यमलगायतका क्षेत्र लगानीका लागि आकर्षक रहेको मन्त्री महतले बताए।
यसैगरी नेपालमा विशेषज्ञ जनशक्तिको अभाव पूरा गर्न नेपाली डायसपोरालाई मद्दत गर्न मन्त्री महतले आग्रह गरे। यसै क्रममा उनले नेपाली समुदायले उच्च शिक्षाका लागि क्यानाडा आउने विद्यार्थी पर्याप्त सूचना बिना आउने गरेको र विभिन्न समस्यामा परेको जानकारी गराएका थिए।
अर्थमन्त्री महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनमा भाग लिन २० अगस्टमा क्यानाडा आएको थियो । उनी भोलि साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago