काठमाण्डौ । अब नेपाल भित्रिने विदेशी उत्पादनले पनि अनिवार्य रुपमा नेपाल गुणस्तर चिह्न लिनुपर्ने भएको छ ।

सरकारले १५ वैशाखदेखि लागू हुने गरी नेपालमा बिक्रीवितरण हुने स्वदेशी वस्तुले पनि अनिवार्य रुपमा एनएस चिह्न लिनुपर्ने व्यवस्था गरेको हो । अहिले नेपालमा विभिन्न १२ वटा वस्तुको गुणस्तरलाई अनिवार्य बनाइएको छ ।

सोहीअनुसार नेपालमा बिक्रीवितरण हुने १२ वटा विदेशी वस्तुले अनिवार्य रुपमा एनएस लिनुपर्ने व्यवस्था गरिएको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।

अब नेपालमा उत्पादन हुने सिमेन्ट, छड, केवलतार, पाइपलगायत १२ वस्तुले अनिवार्य रुपमा एनएस चिन्ह लिनुपर्ने हुन्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।