asian development bank
काठमाण्डौ । एसियाली विकास बैंक (एडिबी)ले विद्यालय क्षेत्र विकास योजना कार्यान्वयन गर्न सरकारलाई रु १३ अर्ब १६ करोड ५४ लाख सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।
बैंकले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयनका निम्ति आवश्यक पर्ने नीति निर्माण एवम् कार्यान्वयनका लागि क्षमता विकास गर्न रु पाँच करोड ४४ लाख प्राविधिक सहायतासमेत उपलब्ध गराउने छ ।
विगतदेखि नै सञ्चालित विद्यालय क्षेत्र विकास कार्यक्रमको निरन्तरताअनुरुप आधारभूत गुणस्तरीय शिक्षा, माध्यमिक शिक्षा सुधार, दैवी विपत्तिका बेला पनि प्रभावित नहुने विद्यालय भवन निर्माण एवम् जोखिम घटाउने परियोजनाहरुमा याे ऋण उपयोग गरिने छ ।
ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थमन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा नेपालस्थित बैंकका देशीय निर्देशक केनिची योकोयामा र अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले हस्ताक्षर गरे ।
हस्ताक्षरपछि मन्त्रालयका सचिव सुवेदीले वैदेशिक सहायतामा मुलुकमा धेरै विकास निर्माणका परियोजना सञ्चालन भए पनि द्रुत कार्यान्वयनमा कमजोरी देखिएकाे स्विकार्दै त्यसलाई निर्मूल गर्नुपर्ने बताए। उनले यस योजना कार्यान्वयन गर्ने शिक्षा मन्त्रालय र मातहतका निकायलाई गम्भीर भएर परिणाम दिनेगरी परियोजना समयमै सम्पन्न गर्न आग्रह समेत गरे।
निर्देशक योकोयामाले सहस्राब्दी विकास लक्ष्यअन्तर्गत शैक्षिक क्षेत्रमा नेपालले उल्लेख्य प्रगति हासिल गरेपनि गुणस्तरीय शिक्षा अझै चुनौतीका रुपमा रहेकाले त्यसको सामना गर्न ऋण सहयोग उपलब्ध गराइएको बताए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago