काठमाण्डौ। नेपाल विद्युतीय व्यवासायी महासंघमा रेशमप्रसाद देवकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ।
नेपाल भरमा २२ जिल्ला/नगर संघहरु एवं ७५ एसोसिएट सदस्यहरु रहेको विद्युतीय व्यवसायीको छाता संस्थाको हालै सम्पन्न १३ औँ वार्षिक साधारणसभा तथा पाँचौँ महाधिवेशनले देवकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको आतिथ्यतामा सम्पन्न महाधिवेशनबाट महासंघको छैटौँ कार्यकाल आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो।
महासंघको प्रथम उपाध्यक्षमा प्रेमबहादुर जीसी, द्वितीय पाध्यक्षमा कोमल पोखरेल र तृतीय उपाध्यक्षमा लेखनाथ सापकोटा चयन भएका छन्।
त्यस्तै महासचिवमा गोपाल अग्रवाल, कोषाध्यक्षमा प्रकाशचन्द्र पाण्डे, सचिवमा विनोद लुइँटेल र सहकोषाध्यक्षमा महेन्द्रकुमार श्रेष्ठ चयन भएका छन्।
महासंघका खुला सदस्यहरु शंकरप्रसाद पोख्रेल, केशव ढकाल, राजेश गौतम, राज रिजाल तथा चन्द्रकान्त जैसी शर्मा र प्रदेश सदस्यहरुमा चन्द्रमणि देवकोटा (प्रदेश नं.१), मनोजकुमार अग्रवाल (मधेश प्रदेश), सरोजकुमार रेग्मी (बागमती प्रदेश) राजु भण्डारी (गण्डकी प्रदेश), लोकनाथ पोखरेल (लुम्बिनी प्रदेश), विष्णुराज भट्ट (सुदूरपश्चिम प्रदेश), पुरुषोत्तम अधिकारी (एसोसियट) र बालकृष्ण अग्रवाल (एसोसियट् सदस्य) चयन भएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19