काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले फोर्स लोडसेडिङ’ सुरु गरेको छ।
हिजो सोमबार साँझ ६ बजेबाट उपत्यकामा आधा घन्टा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो। प्राधिकरणले मागअनुसार आपूर्ति गर्न नसक्दा हिजो उपत्यकामा फोर्स लोडसेडिङ गर्नुपरेको जनाएको छ।
प्राधिकरणका अनुसार हिजो साँझ १४५७ मेगावाट बिजुलीको माग प्रणालीमा आयो। त्यहीबेला प्राविधिक कारणले मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको एउटा युनिट बन्द भयो अनि प्रणालीमा ३० मेगावाट बिजुली घट्न पुग्यो। माग उच्च रहेकै बेला आपूर्ति पनि कम भएपछि काठमाण्डौमा भारतबाट आउने बिजुली ल्याइने खम्ती–लामोसाँघु प्रसारण लाइन पनि ट्रिप भइदियो । उता ढल्केबर–जनकपुर लाइन पनि प्रणालीबाट बाहिरियो। त्यही कारण उपत्यकाका अधिकांश क्षेत्रमा एकैपटक फोर्स लोडसेडिङ गर्नुपरेको प्राधिकरणले स्पष्ट पारेको छ।
यो घटनाले अब प्रणालीमा माग बढेको बेला कुनै पनि प्राधिकरणले फोर्स लोडसेडिङ गर्न सक्ने देखिन्छ। किनकि गत वर्षको तुलनामा विद्युतको माग बढेको छ।
विद्युत् भारप्रेषण केन्द्रका अनुसार भने गत वर्षको यही बेला उपत्यकामा ४२४ मेगावाटसम्म विद्युतको माग थियो तर अहिले ३७४ मेगावाटको हाराहारीमा मात्रै माग छ। कोरोना कारण यो वर्ष ठूला होटेल र रात्रि व्यवसायहरु नखुलेका कारण पनि उपत्यकामा गत वर्षको तुलनामा कम विद्युत माग रहेको केन्द्रले जनाएको छ। तर व्यवस्थापकीय कमजोरीका कारण प्राधिकरणले उपत्यकामा फोर्स लोडसेडिङ गर्न थालेको एक उच्च अधिकारीले बताए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago