काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्।
प्राधिकरणमा कामु प्रबन्ध निर्देशक रहेका शाक्यलाई नै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो। प्रबन्ध निर्देशकका रुपमा शाक्यको कार्यकाल चार वर्षको हुनेछ।
यसअघि प्रबन्ध निर्देशकका रुपमा कुलमान घिसिङ चारवर्षे कार्यकाल पूरा गरी प्राधिकरणबाट बाहिरिएका थिए। त्यसपछि प्राधिकरणमा प्रबन्ध निर्देशक पद रिक्त थियो। सरकारले कामु प्रबन्ध निर्देशकको जिम्मेवारी भने शाक्यलाई दिएको थियो।
शाक्य प्राशारणलाइनका विज्ञ हुन्। उनले एमसीसीका लागि प्रशारणलाइनको अध्ययन गरेका थिए।
चिलिमे जलविद्युत् परियोजनामा शाक्य र घिसिङले सँगै काम गरेका थिए। घिसिङ प्राधिकरणमा हुँदा देशलाई लोडसेडिङमुक्त बनाएर चर्चित बनेका थिए। अब यो चुनौती शाक्यसामु रहेको छ।
विद्युत् चुहावट नियन्त्रण गर्दै प्राधिकरणलाई नाफामा लैजानुपर्ने अर्को ठूलो जिम्मेवारी पनि शाक्यले सम्हाल्नुपर्ने देखिन्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago