काठमाण्डौ । कोरोना कहर र आंशिक लकडाउनकै बीच नेपाल धितोपत्र बोर्डले धितोपत्रको दोस्रो बजार खोल्ने विषयमा आज आइतबार औपचारिक निर्णय गर्ने भएको छ।

धितोपत्र बोर्डको अहिले पनि बोर्ड बैठक जारी रहेको र बजार खोल्ने विषयमा छलफल चलिरहेको स्रोत बताउँछ। ‘बोर्ड बैठकद्वारा गरिने निर्णयअनुसार नै दोस्रो बजार सञ्चालन गर्ने औपचारिक निर्णय माइन्युट हुनेछ’, स्रोत भन्छ। 

धितोपत्र बजार खोल्ने विषयमा बोर्डद्वारा गठित अध्ययन समितिले पाएको ५ दिनको अवधिमा सरोकारवाला पक्षसँग छलफल गरी प्रतिवेदन तयार पारेको थियो। सोही प्रतिवेदनका विषयमा हिजो शनिबार बोर्डको कार्यालयमा बोर्ड अध्यक्ष डा भीष्मराज ढुुंगाना  र अध्ययन समितिका सदस्यहरुबीच ८ घन्टा लामो छलफल परामर्श भएको स्रोतको भनाइ छ।

आवश्यक तयारीका साथ लगानीकर्ताहरुको विरोध नहुुने गरी धितोपत्र बजार सञ्चालन गर्न अर्थमन्त्री डा. युुवराज खतिवडाबाट निर्देशन भएको धेरै दिन बितिसक्दासमेत बोर्डले भने आफ्ना तर्फबाट कुुनै बजार सुधारको सिन्को नभाँच्ने तर सुुधारका लागि बल विभिन्न निकायमा फ्याँक्ने गतिविधि भइरहेको लगानीकर्ताहरु बताउँछ। यद्यपि बजार भने केही दिनभित्रै खुुल्ने स्रोतको भनाइ छ।

स्रोतका अनुुसार अब खुुल्न गइरहेको धितोपत्रको दोस्रो बजार लकडाउनअघिकै पूूर्ववत् अवस्थामा सञ्चालन हुुनेछ। तर लगानीकर्ताका लागि भने कुुनै पनि राहत प्याकेज नल्याई नै बजार खोल्ने तयारी भइरहेको स्रोत बताउँछ।