काठमाण्डौ । अमेरिकी म्यागजिन फोब्र्सले मंगलबार जारी गरेको विश्वका डलर अर्बपतिहरुको सूचिमा नेपालबाट फेरि पनि विनोद चौधरी समेटिन सफल भएका छन् । 

यो वर्ष पनि नेपालबाट उनी मात्र डलर अर्बपतिको रुपमा सूूचिमा अटाउन सफल भएका हुुन् । 

उनको सम्पत्ति गत वर्षको भन्दा २० करोड डलर वृद्धि भएको छ । उनी विश्वका अर्बपतिको सूचिमा १५६७ औं स्थानमा छन् । चौधरीको कुल सम्पत्ति १ अर्ब ३० करोड डलर रहेको छ । उनी सन् २०१३ देखि नै विश्वका अर्बपतिहरुको सूचिमा परिरहेका छन् । 

सन् २०१५ मा समेत उनको सम्पत्ति १ अर्ब ३० करोड डलर रहेको थियो । तर सन् २०१६ मा उनको सम्पत्ति २० करोडले घटेको थियो । यो वर्ष पुनः २० करोड डलर बढी कुल सम्पत्ति सन् २०१५ कै स्तरमा पुुगेको हो । 

विनोद चौधरी नेपालकै प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुुपका अध्यक्ष हुुन् । उनका नेपाल तथा विश्वका विभिन्न देशमा उद्योगहरु रहेका छन् ।