काठमाण्डौ । बारम्बार अनेकौं विवादमा परिरहने अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन शाखामा अचेल अनौठो दृश्य देखिन्छ ।
पाँच जना उपसचिव प्रत्येक दिन अध्यागमन शाखामा आउँछन्, हाजिर गर्दैनन्, सक्रिय भएर काम पनि गर्दैनन् तर, नियमित कर्मचारीझैं उपस्थिति देखाइरहन्छन् ।
गृह मन्त्रालयले काजमा अध्यागमन खटाएका यी पाँचै उपसचिवलाई निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि विभिन्न जिल्लामा निर्वाचन अधिकृत बनाएको छ ।
तर कार्यस्थल नगई यी पाँचै जना नियमित विमानस्थलको अध्यागमन धाइरहेका छन् । त्यो पनि बिना कुनै जिम्मेवारी ।
६ उपसचिवको दरबन्दी रहेको विमानस्थल अध्यागमनमा अहिले नै आवश्यकताभन्दा धेरै सात उपसचिव खटिएका छन् । यी पाँचसमेत गर्दा १२ जना उपसचिवको भीड छ । यो खबर आजको कान्तिपुरमा छापिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago