काठमाण्डौ । देशभर कोरोना संक्रमितको संख्या बढिरहेको बेला विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार गराइरहेका ८ संक्रमित निको भएर घर फर्किएका छन् । 

कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचाररत उदयपुरको त्रियुगा नगरपालिका वडानम्बर ३, भूल्केमा बसोबा गर्ने ५ भारतीय र ३ नेपालीलाई बुधबार बिहान डिस्चार्ज गरिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमित भई घर फर्किनेको संख्या ४ पुगेको छ । 

अस्पताल स्रोतका अनुसार डिस्चार्ज भएका सबैले अनिवार्य रुपमा १४ दिनको क्वारेन्टाइनमा बस्नुपर्नेछ । 

कोरोना संक्रमित सबै भारतीय नागरिकलाई कोरोना संक्रमण पुष्टि भएपछि बैशाख ५ गते उपचारका लागि विराटनगर ल्याइएको थियो । यस्तै, तीन नेपालीमध्ये २ जनालाई बैशाख ९ र एकलाई बैशाख १० गते भर्ना गरिएको थियो । 

कोशी अस्पतालको यो कोरोना उपचार केन्द्रबाट हालसम्म २६ संक्रमित निको भएर घर फर्किएका छन् ।