विराटनगर । विराटनगर महानगरपालिकामा सत्ता गठबन्धनका मेयर उम्मेदवार नागेश कोइरालाले अग्रता कायमै राखेका छन्। 

पछिल्लो मतगणनाअनुसार कोइरालाले २ हजार ५८३ मतका साथ मेयर हुने दौडमा अग्रस्थानमै छन्। कोइरालाले एमालेका उम्मेदवार सागर थापाले पछ्याइरहेका छन्। उनले अहिलेसम्म १ हजार ६१५ मत प्राप्त गरेका छन्।

उपमेयरमा भने एमालेकी उम्मेदवार शिल्पा कार्कीको अग्रता कायमै राखेकी छन्। उनलाई सत्ता गठबन्धनबाट जसपाका उम्मेदवार अमरेन्द्र यादवले पछ्याइरहेका छन्।

यादवले ६७५ मत पाउँदा कार्की ८५३ मतका साथ अगाडि छिन्।