काठमाण्डौ । नयाँ आर्थिक वर्षको सुरुआतसँगै सरकारले विलासिता, वैदेशिक पर्यटन र रोजगार सेवा कर कार्यान्वयनमा ल्याएको छ।
आन्तरिक राजस्व विभागले विलासिता, वैदेशिक पर्यटन र रोजगार सेवा करसम्बन्धी कार्यविधि जारी गर्दै कार्यान्वयनमा ल्याएको हो। चालु आर्थिक वर्षको बजेटमार्फत ल्याइएको ती कर व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि जारी गरेको छ ।
विलासिता करसम्बन्धी कार्यविधिअनुसार नेपालमा पाँचतारे र त्यसभन्दा बढीका होटलले सेवा प्रदान गर्दा, मदिरा आयात गर्दा वा १० लाख रुपैयाँभन्दा बढी मूल्यका हीरा, मोती, पत्थरजडित सुन वा बहुमूल्य धातुका गरगहना बिक्री गर्दा बिक्रीमूल्यमा २ प्रतिशतका दरले सेवा शुल्क लाग्नेछ।
यसैगरी वैदेशिक भ्रमणमा जाने नेपालीले ५ प्रतिशत वैदेशिक पर्यटन शुल्क तिर्नुपर्नेछ। अब सरकारले विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा ५ प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क उठाउनेछ। वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीको बखत, फर्म वा कम्पनीले व्यवसाय प्रवर्द्धनका सिलसिलामा आफू सम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजाँदा यस्तो कर बुझाउनुपर्नेछ।
यस्तै अब वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतप्राप्त व्यक्तिले वैदेशिक रोजगारमा जाने व्यक्तिबाट असुल गरेको रकमबाट १ प्रतिशतका दरले वैदेशिक रोजगार सेवा शुल्क तिर्नुपर्नेछ। त्यस्तो रकम वैदेशिक रोजगारमा जाने व्यक्तिको हितमा खर्च गरिनेछ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19