काठमाण्डौ । मतपत्रमा डबल टिक(दुईवटा मतसंकेत) लगाइएको विषयमा विवाद भएपछि नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको मतगणना रोकिएको छ ।

दुईवटा संकेत लगाइएको मतपत्र सदर गर्ने र बदर गर्नेबीच विवाद भएपछि मतगणना रोकिएको हो । 

मतगणना रोकिनुअघि १२ सय मतको गणना भइसकेको थियो । यो अवधिसम्म वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाईले ४५२ मतसहित अग्रता लिइरहेका छन् । उनलाई अञ्जन श्रेष्ठले ४१७ मतसहित पछ्याइरहेका छन् । 

अर्का वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी उमेशलाल श्रेष्ठले भने ३१७ मत मात्रै पाएका छन् ।