-भक्तराज रसाइली
काठमाण्डौ । सरकारको लकडाउनमा कडाई र कोरोना संक्रमितको संख्या २०० पार गरिसकेको अवस्था छ । विश्वव्यापी रुपमा नै कोरोनाभाइरसका कारण अर्थतन्त्रलगायत सबै क्षेत्र ठप्पप्रायः छ ।

यसैबीच सरकारले धितोपत्र बजार सञ्चालन गर्ने निर्णय गरेसँगै मंगलबारदेखि खुुलेको बजार आज(बुधबार) पनि पूूर्ण समय नटिकी नेप्सेमै नेगेटिभ सर्किट लागी बन्द भयो ।

छिमेकी मुुुलुुक र अन्तर्राष्ट्रिय सेयर बजारसमेत लकडाउन र कोरोना संकटबीच नै खुलेको अभ्यासलाई मध्यनजर गर्दै नेपालको सेयर बजार पनि खुलेको देखिन्छ । लकडाउनअघिदेखि नै नेप्सेमा निरन्तर गिरावट आइरहेकोमा हिजोबाट त्यसले पुुनः निरन्तरता पाइरहेको छ ।

बजार माग र आपूूर्तिको सिद्धान्तमा आधाारित हुुन्छ । माग र आपूूर्तिबीच अहिले निकै ठूूलो खाडल भएकै कारणसमेत बजार निरन्तर घटिरहेको छ ।

सेयर बजारका मुुख्य ग्राहक भनेका लगानीकर्ता नै हुुुन् । नेपाली सेयर बजारमा ८० प्रतिशत साना लगानीकर्ता, १५ प्रतिशत संस्थागत लगानीकर्ता र बाँकी ५ प्रतिशत मात्रै ठूूला लगानीकर्ता रहेका अनुुमान गरिन्छ ।

नेप्सेको तथ्याङ्कलाई आधार मान्ने हो भने दोस्रो बजारमा करिब ५ लाख लगानीकर्ताहरुको सक्रिय सहभागिता रहेको छ । नेप्सेको अनलाइन युजर र आइडी लिनेको संख्या २७ हजार १०१ रहेको छ । जसमध्ये हिजो मात्रै धितोपत्र कारोबार गर्नेको संख्या १६७१ जनामध्ये ८८४ जनाले मात्र अनलाइनबाटै सेयर किनबेचमा संलग्न हुन सके । 

अनलाइनप्रति सचेतनाको अभाव र प्रयोगमा हिच्किचिहाट हुुँदासमेत यो प्रविधिमा नेपाली लगानीकर्ता अभ्यस्त हुुन सकिरहेका छैनन् । नेपालमा सेयर लगानी गर्ने संस्थागत उपस्थिति समेत नगन्य छ । बिदेशी लगानीकर्ताको आगमन त शूून्य नै छ । यसरी संस्थागत लगानीकर्ता भएको भए उनीहरु प्रविधिलाई जोड दिई कारोबार संख्या पनि बढ्थ्यो, तर साना लगानीकर्ताहरुको बाहुुल्य रहेको र लकडाउनका कारण बाहिर निस्केर सेयर किनबेच गर्न नसक्दासमेत यसले माग र आपूूर्तिमा तालमेल ल्याउन सकिरहेको छैन ।

बजारसम्म पुुग्ने सहज अवस्था नभइसकेको र यसमा लगानीकर्ताको उल्लेख्य सहभागिता सिर्जना नहुुनुुमा अर्को कारण लकडाउनले सिर्जित अवस्था पनि हो ।

पहिले सेयर बजार विश्वसनीयता र भरोसाका आधारमा ब्रोकरहरुले २५ प्रतिशत अग्रिम भुुक्तानी नलिई कारोबार हुुन्थ्यो, तर अहिले अग्रिम रुपमा २५ प्रतिशत रकम भुुक्तानी पश्चात्मात्रै लगानीकर्ताले खरिद आदेश दिनुुपर्ने नियम कडाइका साथ ब्रोकरहरुले पालना गरेका कारण बजारमा सेयरको माग सिर्जना हुुन सकेन । 

यसैगरी, पहिले ब्रोकरहरुले विश्वासका आधारमा अनलाइन कारोबारीहरुका लागि लिमिटको व्यवस्था गरिएको थियो, जुुन आज त्यो सुुविधा अनलाइन कारोबारीले पाइरहेका छैनन् । हालको फरक परिस्थिति, नियामकको निर्देशन, वित्तीय जोखिम र क्लोजआउटको जोखिमलाई समेत मध्यनजर गर्र्दै लिमिट शूून्य पारिएको ब्रोकरहरु बताउँछन् । अहिले सेयर खरिद गर्नका लागि २५ प्रतिशत कडाइका साथ भुुक्तानी गर्नुुुपर्ने बाध्यकारी प्रावधानले पोष्टपेडमा लगानी गरिरहेको लगानीकर्ताहरुलाई अहिलेको कठिन अवस्थामा सेयर खरिदको माग सिर्जना नहुुँदासमेत पनि बजारमा आपूूर्ति नै हाबी भइरहेको छ ।

लकडाउनले गर्दा सबै लगानीकर्ताको अन्य सेक्टरबाट आउने आम्दानी सुुकेको र कोरोना महामारीको मनोविज्ञानले बजार घट्ने भयले समेत पनि बजार घटाउन थप प्रेरित गरेको देखिन्छ ।

यसैबीच, बैंकबाट सेयर धितोकर्जा लिई सेयर कारोबार गर्ने संख्या पनि उल्लेख्य छ । बैंकमा रहेको धितो ब्रोकरले हिजोका दिनमा सहजीकरण गरिदिएका कारण कारोबार सेटलमेन्ट गर्न मद्धत पुुगेको थियो, तर अहिले लगानीकर्ताले आफ्नो डिम्याट खातामा रहेको फ्री ब्यालेन्स सेयरमात्र बेच्न सक्ने नियम छ । यसले समेत बजारलाई असन्तुुलित बनाइदिएको छ ।

यसअघि आफूूसँग भएका सेयर बेच्ने र अर्को सेयर किन्ने लहर लगानीकर्तामा रहन्थ्यो अर्थात् नेटिङको सुुविधा भएकाले लगानीकर्ताले थप पैसा बाहिरबाट नल्याई आफ्नो एउटा कम्पनीको सेयर बेची अर्को सेयरको खरिदारी बढाउने अभ्यास निकै धेरै थियो, तर कोरोनाको कहरले बजार घट्ने मनोविज्ञान र लगानीकर्ताहरुको आत्मबल बढ्न नसक्दा बजारमा सेयर खरिद वा माग सिर्जना हुुन सकिरहेको छैन । यसले समेत बजारलाई थप असर गरेको देखिन्छ ।