काठमाण्डौ । सर्वोच्च अदालतले विश्वकपको प्रत्यक्ष प्रसारणको अनुमति लिएको मिडिया हब प्रालि तथा टेलिभिजन सेवा प्रदायकले प्रतिग्राहक ५०० रुपैयाँ शुल्क लिने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।

अधिवक्ता किशोर पौडेलले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले मंगलबार उक्त अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। इजलासले अतिरिक्त शुल्क नलिई यथास्थितिमा राख्न आदेश दिएको छ। 

अदालतले दुवै पक्षलाई छलफलका लागि कात्तिक २७ गते बोलाएको छ। 

विश्वकप फुटबल आगामी मंसिर ४ गतेदेखि सुरु हुँदैछ। विश्वकप फुटबल कतारमा हुँदैछ।