काठमाण्डौ। प्राणघातक कोरोनाभाइरसले अहिले विश्वमा ३० लाख बढी मानिस संक्रमित भइसकेका छन् भने २ लाख २६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

विश्वभर यो भाइरसको संक्रमण २१३ मुलुकमा फैलिसकेको छ। तर अहिले विश्वका यस्ता देशहरु छन् जहाँ यो भाइरस पुग्न सकेको छैन वा भनौँ ती देशमा एकजना पनि संक्रमित फेला परेका छैनन्। 

विश्वका ३४ देश तथा स्थानहरुमा कोरोनाका एकजना संक्रमित देखिएका छैनन्। एकजना पनि संक्रमित फेला परेका देशहरुमा तजाकिस्तान, तुर्कमेनिस्तान, कोमोरोस, लेसोथोजस्ता देश छन्। 

त्यस्तै प्यासिफिको सानो टापु नाउरु, किरबती तथा सोलोमन टापुमा पनि यो भाइरसबाट एकजना पनि प्रभावित छैनन्। ल्याटिन अमेरिका र अफ्रिकामा गत जनवरी र फेब्रुअरीसम्म यो भाइरसको संक्रमण देखिएको थिएन। तर केही दिनभित्रै त्यहाँ तीव्रगतिमा यो भाइरसको संक्रमण फैलिन सुरु गर्यो।

यस्तै पाँच देश यस्ता पनि छन् जहाँ कोरोना भाइरसको संक्रमण थामिएको छ। ती देशमा अंगिला, ग्रिनल्यान्ड, करेबियन आइल्यान्ड अफ सेन्ट बार्टस एन्ड सेन्ट लुसिया र यमन छन्। 

यदि कुनै देशमा एकजना पनि संक्रमित फेला परेका छैनन् भने त्यहाँ यो भाइरसको जोखिम नरहेको भन्न पनि मिल्दैन। जस्तै उत्तर कोरियाको दाबी छ कि त्यहाँ कोरोनाबाट कोही पनि संक्रमित भएका छैनन्। जब कि उसको ती छिमेकी मुलुक चीन, रुस र दक्षिण कोरियामा ठूलो संख्यामा कोरोना संक्रमण फेला परेका छन्। – एजेन्सी