काठमाण्डौ । कोरोनाभाइरसको उपचारका लागि पहिलो औषधि भारतीय बजारमा उपलब्ध हुने भएको छ।
भारत सरकारले मुम्बईस्थित ग्लेनमार्क फर्मास्युटिकल्सलाई कोरोनाका लागि एन्टीभाइरल औषधि फेभिपिराभिर औषधि बनाउन र बजारीकरणको अनुमति दिइएको हो। कम्पनीले फ्याबिफ्लु नामक औषधि बजारमा उपलब्ध गराउनेछ।
ग्लेनमार्क पहिलो यस्तो कम्पनी हो, जसले विश्वमै पहिलोपकट कोरोना संक्रमितको उपचारका लागि ओरल एन्टीभाइरसल ड्रग बनाउन सफल भएको छ।
एउटा स्ट्रिपमा ३४ वटा ट्याबलेट हुनेछ। यो एउटा स्ट्रिपको भारु ३ हजार ५०० रुपैयाँ (नेरु ५ हजार ६००) पर्नेछ। यसको मतलब एउटा ट्याब्लेटको नेरु १६५ पर्न आउँछ।
तत्काललाई यो औषधि हल्का र मध्यम खालका कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग गरिनेछ। यो औषधि अस्पतालहरुमा र चिकित्सकको प्रिस्क्रिप्सनका आधारमा मेडिकल स्टोर्सहरुमा उपलब्ध हुनेछ।
ग्लेनर्माकले यो औषधि हल्का लक्षण भएका ९० जना र मध्यम लक्षण भएका ६० जना बिरामीमा यो औषधिको क्लिनिकल ट्रायल गरेको थियो। यो औषधि कोशिकाहरुमा पस्ना साथ कोरोना भाइरस फैलिनबाट रोक्नका लागि निकै फाइदाजनक देखिएको कम्पनीको दाबी छ।
रिसर्चका अनुसार फ्याबीफ्लु औषधिको प्रयोग संक्रमणको सुरुआती चरणमै गरिनुपर्ने देखिएको छ। किनकि ढिला गरी प्रयोग गर्दा कोशिकाहरुमा कोरोनाभाइरसको संक्रमण फैलिसकेको हुन्छ। जसका कारण इम्युन रेस्पन्स कम हुन्छ र यो औषधिको प्रभाव खासै नदेखिन सक्छ।
कम्पनीका अनुसार यो पहिलो दिन बिरामीलाई यो औषधि २०० एमजीका ९ वटा ट्याबलेट दिइन्छ। भोलिपल्टबाट भने बिरामीलाई २०० एमजीको ४–४ ट्याबलेट खुवाउनुपर्छ। क्लिनिकल ट्रायलका क्रममा करिब ८० प्रतिशत बिरामीमा यो औषधि फाइदाजनक देखिएको कम्पनीको भनाइ छ।
ड्रग कन्ट्राृलद जनरल अफ इन्डियाले यो औषधिलाई महामारीबीच इमर्जेन्सी क्याटगरीमा राखेर प्रयोगको अनुमति दिएको छ। यस्तोमा बिरामीले यो औषधि सेवन गर्नुअघि चिकित्सकीय अनुमति अवश्य लिनुपर्ने हुन्छ। - एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago