काठमाण्डौ । चिनियाँ सेयर बजारको बजार पुँजीकरण (मार्केट क्यापिटलाइजेसन) सन् २०१५ पछि पहिलोपटक १० लाख करोड डलरभन्दा बढी भएको छ । साथै चिनियाँ सेयरको प्रमुख इन्डेक्समा यो वर्ष विश्वका सबै प्रमुख बजारहरुको तुलनामा निकै उछाल आएको छ।
कोरोना महामारीको तीव्र नियन्त्रण गर्नु र बजारको सुस्ततालाई लयमा फर्काउनु आदि कारणले चिनियाँ सेयर बजारमा उछाल आएको जानकारहरु बताउँछन् । साउथ चाइना मर्निङ पोस्टको खबरअनुसार गत सोमबार संघाई र सेन्झेन एक्सचेन्जमा सूचीकृत सबै सेयरको कुल बजार पुँजीकरण १०.०४ लाख करोड डलर भएको छ ।
यसअघि केबल एकपटक सन् २०१५ जुनमा केही समयका लागि कुल बजार पुँजीकरण १०.०५ लाख करोड डलर भएको थियो । यद्यपि त्यतिखेर फेरि ३ महिनापछि कुल बजार पुँजीकरण घटेर आधाको हाराहारीमा झरेको थियो।
चीन अब अमेरिकापछि दोस्रो ठूलो सेयर बजार बनेको छ। अमेरिकाको सेयर बजारको कुल बजार पुँजीकरण ३८.३ लाख करोड डलर रहेको छ । यसपछि तेस्रो स्थानमा जापान र चौथो स्थानमा हङकङको सेयर बजार रहेका छन् । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago