काठमाण्डौ । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर ज्यान गुमाउनको संख्या ३ लाख नजिक पुगेको छ।

बिहीबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर यो महामारीबाट २ लाख ९८ हजार १७४ जनाको ज्यान गइसकेको छ। यो भाइरसबाट विश्वभर ४४ लाख २९ हजार ८१० जना संक्रमित भइसकेका छन् भने तीमध्ये १६ लाख ५९ हजार ७९१ जना निको भइसकेका छन्।

कोरोनाबाट अमेरिका अतिप्रभावित भएको देखिएको छ। अमेरिकामा मात्र यो भाइरसबाट १४ लाख ३० हजार ३४८ जना संक्रमित भएकोमा ८५ हजार १९७ जनाको ज्यान गइसकेको छ। निको हुनेको संख्या ३ लाख १० हजार २५९ रहेको छ। 

उता युरोपेली मुलुक स्पेनमा २ लाख ७१ हजार ९५ जना संक्रमित भएकोमा २७ हजार १०७ जनाको ज्यान गइसकेको छ भने १ लाख ८३ हजार २२७ जनाले स्वास्थ्यलाभ गरेका छन्। 

यसैगरी रसिया अतिप्रभावित देशको सूचीको तेस्रो स्थानमा छ। त्यहाँ हालसम्म २ लाख ४२ हजार २७१ जना संक्रमित भएका छन्। तीमध्ये २ हजार २१२ जनाको ज्यान गइसकेको छ भने ४८ हजार ३ जना ठिक भएका छन्। 

बेलायतमा पनि कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ७०५ पुगेको छ। त्यहाँ हालसम्म ३३ हजार १८६ जनाको ज्यान गइसकेको छ। 

इटालीमा २ लाख २२ हजार १०४ जना संक्रमित देखिएका छन् भने १ लाख १२ हजार ५४१ जना निको भएका छन्। संक्रमितमध्ये ३१ हजार १०६ जनाको ज्यान गइसकेको छ। – एजेन्सी