काठमाण्डौ । प्राणघातक कोरोनाभाइरसबाट आइतबार बिहानसम्म विश्वभर ३ लाख ४४ हजारको हाराहारीमा ज्यान गइसकेको छ।

समाचार एजेन्सीहरुका अनुसार विश्वभर कोरोना संक्रमणबाट ३ लाख ४३ हजार ८१३ जनाको ज्यान गइसकेको हो। यो भाइरसबाट हालसम्म विश्वभर ५४ लाख १ हजार ८६२ जना संक्रमित भइसकेका छन्। तीमध्ये २२ लाख ४७ हजार २०३ जना निको भइसकेका छन्। 

विश्वमा सबैभन्दा प्रभावित अमेरिका देखिएको छ। त्यहाँ हालसम्म यो भाइरसबाट १६ लाख ६६ हजार ८२८ जना संक्रमित देखिएका छन्। तीमध्ये ९८ हजार ६८३ जनाको ज्यान गइसकेको छ भने ४ लाख ४६ हजार ९१४ जनाले स्वास्थ्यलाभ गरिसकेका छन्। 

पछिल्लो समय दक्षिण अमेरिकी मुलुक ब्राजिल कोरोनाभाइरसको नयाँ केन्द्रविन्दु गइरहेको छ। आइतबार बिहानसम्म त्यहाँ ३ लाख ४७ हजार ३९८ जना संक्रमित भएकोमा २२ हजार १३ जनाको ज्यान गइसकेको छ भने १ लाख ४२ हजार ५८७ जना ठिक भएका छन्। 

रसियामा ज्यान गुमाउनेको संख्या कम भए पनि संक्रमितको संख्या भने अत्याधिक रहेको छ। आइतबार बिहानसम्म रसियामा ३ लाख ३५ हजार ८८२ जना संक्रमित भएका छन्। तीमध्ये ३ हजार ३८८ जनाको ज्यान गइसकेको छ भने स्वास्थ्यलाभ गर्नेको संख्या १ लाख ७ हजार ९३६ रहेको छ। ​– एजेन्सी