काठमाण्डौ । कोरोनाभाइरसबाट विश्वभर मंगलबार बिहानसम्म संक्रमित हुनेको संख्या ३० लाख नाघेको छ। तीमध्ये ८ लाख ८७ हजार संक्रमित निको भएर घर फर्किसकेका छन्।
जोन्स हप्किन्स विश्वविद्यालका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ३० लाख २० हजार नाघेको हो। संक्रमितमध्ये सबैभन्दा बढी अमेरिकामा छन्। त्यहाँ ९ लाख ८३ हजारभन्दा यो भाइरसबाट संक्रमित छन्।
यस्तै स्पेनमा २ लाख २९ हजारभन्दा बढी संक्रमित भइसकेका छन्। इटालीमा पनि संक्रमितको संख्या २ लाख नजिक पुगेको छ।
शुक्रबार बिहानसम्म कुल संक्रमितमध्ये विश्वभर २ लाख ९ हजार ८०० बढीको ज्यान गइसकेको छ। तीमध्ये सबैभन्दा बढी अमेरिकामा ५५ हजार ७०० बढीको ज्यान गएको छ।
यसैगरी इटालीमा २७ हजार हाराहारीमा संक्रमितको मृत्यु भइसकेको छ। स्पेन र फ्रान्समा २३ हजारभन्दा बढीको यो संक्रमणबाट ज्यान गएको छ।
हालसम्म विश्वका १ सय ८५ देशमा कोरोनाभाइरस फैलिइसकेको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19