काठमाण्डौ। विश्वभर कोरोनाभाइरसबाट कुल ३२ लाखभन्दा बढी संक्रमित भइसकेका छन्। तीमध्ये १० लाख मानिस ठिक भएका पनि छन्। यो करिब एक तिहाइको हाराहारीमा हो।

१० लाख मानिस ठिक हुनुको मतलब के हो त ? किनकि यो भाइरसको मृत्युदर निकै कम छ। यसको मतलब यो हो कि ३२ लाख मानिसमा धेरैजसो स्वास्थ्यलाभ गरिरहेका छन्।

सम्भव छ कि स्वास्थ्यलाभ गर्न लामो समय लाग्ला। यस्तोमा प्रश्न यो उठ्छ कि कति संक्रमितले स्वास्थ्यलाभ गर्लान्। प्रस्ट छ कि यो मृत्युदरमा निर्भर छ।

मेडिकल जर्नल द लान्सेटका अनुसार कोरोनाको मृत्युदर एन्फ्लुएन्जाभन्दा ०.१ प्रतिशतभन्दा बढी छ र सार्सभन्दा ९.५ प्रतिशत कम छ। लान्सेट जर्नलका अनुसार यदि तपाइँ क्रुज सिपमा संक्रमणको मामिलालाई हेर्नुहुन्छ भने त्यहाँ मृत्युदर १ प्रतिशतनजिक रहेको छ। यद्यपि त्यहाँ टेस्टिङको सुविधा कम थियो। 

हरेक देशमा टेस्टिङको अवस्था अलगअलग छ। विश्वमा कहीँ पनि यस्तो देश छैन जहाँ क्रुज सिपमा १०० प्रतिशत टेस्टिङ दर रहेको छ। यहाँ हामी केवल पुष्टि भएका मामिलाको मृत्यु अनुपातमात्र हेर्न सक्छौँ। 

जहाँ कोरोनाको प्रस्ट लक्षण छ र मानिसमो टेस्ट भएको छ त्यहाँ मृत्युदर १ प्रतिशतभन्दा बढी छ। यो सही हो कि ठूलो संख्यामा यस्ता मानिस पनि छन्, जसका बारेमा आधिकारिक रुपमा संक्रमणको जानकारी नै छैन। 

यो भाइरसबाट विश्वभर शुक्रबार बिहानसम्म २ लाख ३२ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ। सबैभन्दा धेरै अमेरिकामा ६३ हजार ७६३ जनाको ज्यान गइसकेको छ।– एजेन्सी