काठमाण्डौ । कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनको संख्या साढे दुई लाख नजिक पुगेको छ।

जोन हप्किन्स विश्वविद्यालयका हालसम्म आइतबार बिहानसम्म विश्वभर २ लाख ४३ हजार ८३७ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ। विश्वभर हालसम्म ३४ लाख २८ हजार ४९० जना संक्रमित भएका छन्। हालसम्म १० लाख ९५ हजार ८७३ संक्रमित निको भएर घर फर्किएका छन्। 

मृतक र संक्रमितकोसंख्याको हिसाबले अमेरिका अग्रस्थानमा छ। आइतबार बिहानसम्म अमेरिकामा ६६ हजार ३८५ जनाको ज्यान गइसकेको छ भने संक्रमितको संख्या ११ लाख ३३ हजार ६९ पुगेको छ। अमेरिकामा १ लाख ७५ हजार ३८२ जना निको भइसकेका छन्। 

यसैगरी युरोपेली मुलुकहरु इटालीमा २८ हजार ७१० र स्पेनमा २५ हजार १०० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। हालसम्म स्पेनमा २ लाख १६ हजार ५८२ र इटालीमा २ लाख ९ हजार ३२८ जना संक्रमित भएका छन्। तीमध्ये इटालीमा ७९ हजार ९१४ र स्पेनमा १ लाख १७ हजार २४८ जना निको भइसकेका छन्।

बेलायतमा मृतकको संख्या २८ हजार २०५ पुगेको छ। कुल संक्रमित १ लाख ८३ हजार ५०० पुगेका छन्। 

उता फ्रान्तमा कुल संक्रमित १ लाख ६८ हजार ५१८ मध्ये २४ हजार ७६३ को मृत्यु भइसकेको छ भने ५० हजार ६६३ निको भएका छन्। 

जर्मनीमा ज्यान गुमाउनको संख्या ६ हजार ८१२ पुगेको छ। जब कि कुल संक्रमित १ लाख ६४ हजार ९४७ मध्ये १ लाख ३० हजार ६०० निको भएर घर फर्किसकेका छन्। – एजेन्सी