काठमाण्डौ । प्राणघात कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेका संख्या साढे २ लाख नाघेको छ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५१ हजार ५१० पुगेको छ। विश्वभर संक्रमितको संख्या भने ३५ लाख ८२ हजार ४६९ पुगेको छ। तीमध्ये ११ लाख ६२ हजार ५३८ जना निको भएका छन्। 

यो भाइरसबाट अमेरिका सबैभन्दा बढी प्रभावित देखिएको छ। त्यहाँ संक्रमित र मृतकको संख्या भयवाह रहेको छ। 

मंगलबार बिहानसम्म अमेरिकामा कोरोनाबाट ११ लाख ८० हजार २८८ जना संक्रमित भएका छन्। तीमध्ये ६८ हजार ९२२ जनाको ज्यान गइसकेको छ भने १ लाख ८७ हजार १८० जना निको भएका छन्। 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाबाट देशमा १ लाखको हाराहारीमा मानिएको ज्यान जाने बताएका थिए। अमेरिकाको न्युयोर्कमा सबैभन्दा बढीले ज्यान गुमाएका छन्। – एजेन्सी