काठमाण्डौ । विश्वभर १ लाख ६० हजारभन्दा बढी मानिसको कोरोनाभाइरसको संक्रमणबाट ज्यान गइसकेको छ। यो संख्या वास्तवमा अझै धेरै पनि हुन सक्छ।
यस्ता प्रमाणहरु अहिले आइरहेका छन् कि यो भाइरसले मानिसको फोक्सोमा मात्र होइन कि मुटु, मिर्गौला र शरीरका अन्य अंगमा पनि नोक्सानी पुर्याउँछ।
अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल (सीडीसी) ले एड्भाइजरी जारी गर्दै यदि कुनै मानिसमा टेस्टमा इन्फेक्सन कन्फर्म नभएमा तिनलाई पनि कोरोनाबाट मृत्यु भएकोमा गन्न भनेको छ। थुप्रै देश अहिले यो मान्न लागेका छन् कि कारोनाबाट हुने मृत्युको संख्या कम गन्न थालिएको छ। अर्थात् जुन आधिकारिक संख्या हो त्यसमा सायद थुप्रै ज्यान गुमाएका मानिसको तथ्यांक समावेश गरिएको छैन।
एक्सपटर््सका अनुसार भारतमा यस्तो हुन सक्छ। कोरोनाभइरस भर्खरै आएको हो। तर भारतमा केवल २२ प्रतिशत मृत्युलाई मात्र मेडिकल सर्टिफाइड गरिएको छ। लगभग १० लाख मृत्युको त रेकर्डमै आउँदैनन्।
भारतमा जन्म र मृत्युुका चिफ रजिस्ट्रारको अनुमान छ कि सन् २०१७ मा ७० लाख मानिसको मृत्यु भएको थियो तर करिब ६० लाखको मात्र दर्ता भएको छ। यीमध्ये केवल १४.१ लाख अर्थात करिब २२ प्रतिशतको मात्र मेडिकल सर्टिफाई गरिएको थियो।
यस्तो कोरोनाबाट हुने मृत्युको आँकडामा पनि सक्छ। न केवल कोरोनामात्र कि अन्य कारणले हुने मृत्युको आँकडा पनि सायद दर्ता हुन पाउँदैनन् किनकि अहिले देशको पूरै ध्यान कोरोनामा केन्द्रित छ।
अस्पतालबाहिर हुने मृत्युको रेकर्ड नै हुँदैन
भारतमा सबैभन्दा ठूला महामारीविदमध्ये एक डा जयप्रकाश मुलियनका अनुसार यदि बिरामीको मृत्यु अस्पतालमै भएको छैन भने यो पत्ता लगाउन मुस्लिक हुन्छ कि मृत्यु कोरोनाबाटै भएको हो। उनले भने, ‘भारतमा मृत्युको रिपोर्ट प्रायः एक समस्याका रुपमा रहेको छ, यहाँ मृत्युको कारण पत्ता लगाउन पनि निकै समस्या छ।’
अहिले किन यो मुद्दा बनिरहेको छ ?
अहिले यस्तो चर्चा छ कि रिक्लासिफिकेसनका माध्यमबाट मृत्युको आँकडा कम गर्न सकिन्छ। भारतका केही राज्यबाट रिपोर्टहरु आइरहेका छन् अस्पतालहरुलाई यस्तो दबाब दिइएको छ कि कोरोनाबाट हुने मृत्युको आँकडा कम राख्नका लागि केही मृत्युलाई प्राइमरी कारण बदल्नुपर्छ। यो दबाबका बीच बहस सुरु भएको छ कि बिरामीको कोरोनाका कारण मृत्यु कि कोरोनासँगै।
वुहान र न्युयोर्कमा पनि आँकडा फेरबदल
चीनको वुहानबाट कोरोना विश्वभर फैलिएको हो। गत शुक्रबार वुहानमा कोरोनाबाट मृत्यु भएको संख्या रिभाइज्ड आँकडा जारी गरियो। जसमा ५० प्रतिशत बढोत्तरी देखियो। वुहानमा ३ हजार ८६९ मानिसको मृत्यु भइसकेको चीनले जनाएको छ।
गत साता न्युयोर्कमा पनि अचानक ३ हजार ७७८ केस थपिए। यसमा त्यस्ता मानिसको मृत्यु पनि जोडिएको जसलाई कोरोनाको आशंका गरिएको थियो तर टेस्ट गरिएको थिएन।
ब्रिटेनमा यदि नर्सिङहोममा भएका बिरामीको मृत्युको कारण कोरोनाबाट भएको प्रमाणित भएमा मृतकको संख्या हजारौँको हुन सक्ने बताइएको छ। – नवभारत टाइम्सबाट
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago