काठमाण्डौ। विश्वमै पहिलोपटक एक व्यक्ति एचआईभी/एड्सबाट संक्रमणमुक्त भएको दाबी गरिएको छ।
ब्राजिलको राजधानी साओ पाउलोमा अवस्थित फेडेरल युुनिभर्सिटीका अनुुसन्धानकर्ताहरुले यस्तो दाबी गरेका हुुुन्। अनुुसन्धानकर्ताहरुका अनुुसार ती एचआईभी/एड्स संक्रमित व्यक्ति ब्राजिलकै हुन् र उनलाई विभिन्न प्रकारको एन्टीरेट्रोभाइरल औषधिहरु र निकोटिनामाइड औषधिको समिश्रण दिइएको थियो।
अनुुसन्धानकर्ताले ती व्यक्ति एचआईभी/एड्सबाट मुुक्त भएको जनाइए पनि पहिचान भने गोप्य राखिएको छ। अनुुसन्धानकर्ताहरुले हालै भएको एड्स–२०२० कन्फ्रेन्सका क्रममा औषधिको सेवनबाट विश्वमा पहिलोपटक कोही व्यक्ति एचआईभी/एड्समुुुक्त भएको जानकारी दिएका थिए। अनुुुसन्धानकर्ता रिकार्डाे डियाजका अनुुसार ब्राजिलका ती व्यक्तिलाई अक्टोबर २०१२ मा एचआईभी संक्रमण देखिएको थियो। परीक्षणका क्रममा ती संक्रमितलाई एड्सको उपचारमा दिइने औषधिहरु दिइएको थिएन।
अनुुसन्धानका क्रममा संक्रमितलाई लामो समयसम्म प्रत्येक दुुई महिनामा एन्टीरेट्रोभाइरसल औषधि र निकोटिनामाइडको समिश्रण दिइएको थियो। एक वर्षपछि जब ती संक्रमितको रगत परीक्षण गरियो तब रिपोर्ट नेगेटिभ देखियो।
संक्रमित व्यक्तिको शरीरमा भाइरसलाई नष्ट गर्नेका लागि एन्टीबडीको स्तर कस्तो रह्यो भन्ने जानकारी भने पाइएको छैन। अनुुसन्धानकर्ताका अनुुसार औषधिको समिश्रणले धेरै नै राम्रो काम गरेको छ।
एचआईभी संक्रमणमुुक्त भएपछि ती व्यक्तिले आफूले नयाँ जीवन पाएको भन्दै प्रतिक्रिया दिएका छन्।
यदि यो घटनाको आधिकारिक पुष्टि हुुन्छ भने यो स्टेम सेल ट्रान्सप्लान्ट बिना नै एचआईभी संक्रमणमुुक्त भएको विश्वको पहिलो घटना हुुनेछ। अनुुसन्धानकर्ता एडम कास्टिलेजाले आफूहरु एड्सको उपचार सम्भव भएको प्रमाणित गर्न जुुटेको बताए। तथापि विशेषज्ञहरुले ती संक्रमितलाई फेरि संक्रमण हुुने खतरा छ कि छैन भनेर यो घटनामाथि निरन्तर नजर राखिरहेका छन्। यसको परिणाम अब आउँदा दिनहरुमा हुुने परीक्षणबाट आउने छ।
अनुुसन्धानकर्ताका अनुुसार एचआईभी/एड्स भाइरस एकपटक मानिसको शरीरमा प्रवेश गर्यो भने त्यसलाई शरीरबाट बाहिर निकाल्न वा मार्न गाह्रो हुुने गर्दछ। यो भाइरस लामो समयसम्म शरीरमा रहिरहन्छ र औषधिको बाबजुुद पनि आफ्नो स्थान छाड्दैन।
औषधिबाट यसलाई नियन्त्रण मात्रै गर्न सकिन्छ। यदि संक्रमितले औषधि सेवन गर्न बन्द गर्यो भने यो भाइरस आफैँ फेरि सक्रिय हुुने गर्दछ र आफ्नो असर देखाउन थाल्दछ।
क्यालिफोर्निया युुनिभर्सिटीकी एड्स रोग विशेषज्ञ डा मोनिका गान्धीका अनुुसार ब्राजिलमा देखिएको यो घटना रोचक छ र केवल एकजनामात्रै संक्रमणमुुक्त भएकाले यो अहिले यो सुुरुआती चरणमा छ।
चारजना अन्य संक्रमितलाई पनि यस्तै उपचार गरिएको थियो। तर उनीहरु भने एचआईभीबाट संक्रमणमुुक्त हुुन सकेनन्। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago