काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि चीनले हालसम्म गरेको कोसिस सायद विश्व इतिहासमै सबैभनदा महत्वाकांक्षी र आक्रामक रहेको जनाएको छ।
अब फेरि चीन कोरोना इपिसेन्टर मानिएको हुबेई प्रान्त वुहान सहरमा बसोबास गर्ने सबैको १० दिनभित्र फेरि कोरोना टेस्ट गर्ने तयारी गरिरहेको छ। चीनको यो तयारीले सारा विश्व चकित बनेका छन्।
गत वर्ष डिसेम्बर अन्त्यतिर वुहानमा पहिलोपटक कोरोना संक्रमण देखिएको बताइँदै आएको छ। वुहानको जनसंख्या १.१ करोड रहेको छ। स्थानीय प्रशासनले वुहानमा बसोबास गर्ने सबैको फेरि कोरोना टेस्ट गर्ने योजना मुताबिक काम भइसकेको जनाएको छ।
सबैभन्दा पहिले जोखिममा रहेका मानिसहरुको टेस्ट हुनेछ। जस्तै– स्वास्थ्य सेवा क्षेत्रमा खटिएकाहरुको।
अधिकारीहरुका अनुसार टेस्टिङ प्रक्रिया चरणबद्ध तरिकाले ठूलो मात्रामा नमुना संकलन गरिनेछ। यो महत्वाकांक्षी योजनाअनुसार हरेक दिन १० लाख मानिसको कोरोना टेस्ट गरिनेछ। अहिले दैनिक ४० देखि ६० हजारजनाको मात्र टेस्ट भइरहेको छ। यो हिसाबले टेस्टिङको क्षमता ठूलो मात्रामा बढाउनुपर्ने छ।
अमेरिकाको न्युयोर्कस्थित काउन्सिल अफ फरेन अफेयर्समा ग्लोबल हेल्थका सिनियर फेलो यानेजोङ हुआङ भन्छन्, ‘हामी कुनै चमत्कारकै आशा गर्न सक्छौँ।’
किन पूरै वुहानवासीको फेरि टेस्टिङ ?
गत साताको अन्त्यतिर वुहानको एउटा कम्प्लेक्समा ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो। तर ती संक्रमितमा कुनै लक्षण भने देखिएन। सोही कारणले चीन सरकारले फेरि टेस्टिङको प्रक्रिया अगाडि बढाएको हो।
त्यसो त ४० देखि ५० लाख वुहानवासीको पहिले नै कोरोना जाँच भइसकेको छ। वुहान युनिभर्सिटीमा जीवन विज्ञानका डिप्टी डाइरेक्टर याङ झान्कीले भनेका छन्, ‘वुहान बाँकी ६० देखि ८० लाख मानिसको टेस्टिङ १० दिनभित्र गर्न सक्षम छ।’
यदि ८० लाखसम्म मानिसको टेस्टिङ गर्ने हो भने हरेक दिन ८ लाख मानिसको टेस्टिङ गर्नुपर्ने हुन्छ। जब कि हुबेई प्रान्तमा हालसम्मकै अधिक एक दिनमा ८९ हजार मानिसको मात्र टेस्टिङ भएको थियो।
यति छिटो लाखौँ मानिसको टेस्टिङ कसरी सम्भव ?
चिनियाँ मिडियाहरुका अनुसार वुहानका अधिकारीहरुले ठूलो परिमाणमा टेस्टिङको काम मुख्य रुपमा टर्ड पार्टी कम्पनीको मद्दतमा गर्न सक्नेछ। स्थानीय अस्पतालहरुले स्वास्थ्यकर्मीहरु घरघरमै पठाएर स्वाब संकलन गर्न सक्नेछन्।
अधिकारीहरुका अनुसार थर्ड पार्टीको टेस्टिङ क्षमता हरेक दिन १ लाखसम्म रहेको हुन्छ। त्यसैले यो सम्भव हुन सक्छ कि कम समयमै ठूलो परिमाणमा नमुना संकलन गर्न सकिन्छ। ‘टेस्टिङ चरणबद्ध तरिकाले गरिनेछ। मतलब ठाउँअनुसार फरकफरक दिन टेस्टिङ प्रक्रिया हुनेछ र १० दिनमै यो प्रक्रिया पूरा हुनेछ’, वुहानको एक अधिकारीले भने।
चीनका उद्योगमन्त्रीले गत महिना चीनमा हरेक दिन ५० लाख टेस्ट किट्स तयार गरिरहेको बताएका थिए। उनले थुप्रै टेस्टिङ सेन्टर र ल्याब पनि तयार गरिएकोले छिटै बिरामीको नमुना संकलन गर्न र टेस्टिङ गर्न सकिने व्यवस्था मिलाइएको जानकारी गराएका थिए।
प्रोफेसर हुआङले पूरै वुहानको टेस्टिङ गर्दा धेरै खर्च लाग्ने बताए। ‘यदि तर दिमाग यो कुरा राख्नुस् कि यो चीन हो’, उनले भने, ‘जसरी यहाँ लकडाउन लागू गरियो त्यो पनि कम खर्चिलो थिएन। तर उद्देश्य एउटै थियो कि कुनै पनि मूल्यमा जनताको अधिकतम सुरक्षा।’ – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19