काठमाण्डौ । कोरोनाभाइरस नियन्त्रणमा लिन बनिरहेको बहुप्रतिक्षित अक्सफोर्ड युनिभर्सिटीद्वारा विकसित भ्याक्सिनको तेस्रो तथा अन्तिम चरणको ट्रायल रोकिएको छ।
एस्ट्रोजेनेले उत्पादन गर्ने भनिएको यो भ्याक्सिनको ट्रायल रोकिनुको पछाडि परीक्षणका क्रममा एक सहभागी व्यक्ति गम्भीर बिरामी पर्नु रहेको बताइएको छ। ‘यो एउटा प्रक्रियाअन्तर्गत रोकिएको हो’, एस्ट्रोजेनेले भनेको छ, ‘किनकि ट्रायलमा सहभागी एक संक्रमित व्यक्ति झनै बिरामी परेका छन्। यस विषयमा हामी अनुसन्धान गरिरहेका छौँ।’
यो भ्याक्सिनमाथि विश्वकै ध्यान केन्द्रित थियो। भ्याक्सिनको ट्रायल रोकिएसँगै सारा विश्वलाई झट्का लागेको छ।
अहिले विश्वभर एक दर्जनभन्दा बढी देशमा यो भ्याक्सिनको ट्रायल भइरहेको थियो। भ्याक्सिनको ट्रायलमा अक्सफोर्ड युनिभर्सिटी नै अहिलेसम्म अग्रस्थानमा देखिएको थियो।
यो भ्याक्सिनको तेस्रो चरणको परीक्षणमा करिब ३० हजार मानिस सहभागी गराइएको थियो। विश्व बजारमा यो भ्याक्सिन नै पहिले आउने आशा गरिएको थियो।
बीबीसीका मेडिकल एडिटर फर्गस वल्सका अनुसार यो भ्याक्सिनको परीक्षण अहिले सबैतिर रोकिएको छ। ‘अब ती व्यक्ति बिरामी पर्नुका विषयमा स्वतन्त्र जाँच हुनेछ’, उनले भने, ‘त्यसपछि मात्र यो भ्याक्सिनको पुनः ट्रायल हुने नहुने टुंगो लाग्छ।’
अक्सफोर्ड युनिभर्सिटीका प्रवक्ताले पनि यसको स्वतन्त्र जाँच हुन आवश्यक रहेको बताए। ‘यसका लागि हामी तयारी गरिरहेका छौँ’, उनले भने। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19