काठमाण्डौ। विश्वभरका सेयर बजारमा आज उछाल आइरहेको छ।
अमेरिकामा वृद्धि भएर आएको नयाँ आर्थिक डाटा, घट्दो बेरोजगारीको संख्या, कोरोनाभाइरस खोपको वितरण तथा भाइरसका बिरामीको घट्दो तथ्यांकले संसारभरका सेयर बजारमा उछाल ल्याइदिएको हो। आज अमेरिको डोउ जोन इन्ड्रस्ट्रियल ३३२.२६ अंक बढेर ३१०५५.८६ विन्दुमा पुगेको छ भने एसएनपी ५०० पनि ४१.५७ अंक बढेर ३८७१.७४ विन्दु पुगेको छ।
यसैगरी नास्डक कम्पोजिट १६७.२० बढेर १३७७७.७४ पुगेको छ। खासगरी टेक्नोलोजी, आईटी र गेमस्टप कम्पनीका सेयरमूल्य बढ्दा विश्व बजारमा उछाल आएको हो। अमेरिकामा जहाज तथा रेस्टुराँ कम्पनीका सेयरमूल्यमा पनि बढोत्तरी देखिएको छ।
उता मुम्बई स्टक एक्सचेन्जमा पनि यो समाचार तयार पार्दासम्म ४१७ अंकले बढेर ५१०३१ विन्दुमा पुगेको छ।
विगतमा पनि विश्व बजारमा उछाल आउँदा नेपालको बजारमा पनि त्यसको प्रभाव पर्ने गरेको थियो। यो हिसाबले आगमी दिनमा नेपालको सेयर बजार कता जाला भन्ने सबैको चासो रहेको छ।
अमेरिकामा आईटी कम्पनीमा काम गर्ने बबी पराजुलीले नेपाल तथा विश्व बजार अझै बढ्न सक्ने अनुमान गरेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago