काठमाण्डौ । स्वच्छ सफा र हराभरा वातावरणप्रति प्रतिबद्घता देखाउँदै एनएमबि बैंकले एनएमबि विद्युतीय सवारीसाधन र साइकल कर्जा गरी छुट्टाछट्टै कर्जा योजना प्रस्तुत गरेको छ।
एनएमबि बैंकले विश्व वातावरण दिवसका अवसरमा आफ्ना क्रेडिट कार्डहरु वा एनएमबि सुलभ किस्ता योजनाअन्तर्गत असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरिद गर्दा बेस रेटमै कर्जा प्रदान गर्नुका साथै ८०% सम्म फाइनान्सिङ, ७ वर्ष कर्जा अवधि, प्रशानिक शुल्कमा ०.२५% छुटको अफर ल्याएको हो।
यसका साथै एनएमबि बैंक र माउन्टेन बाइक विक्रेताहरुबीच जुन महिनाभरि ०% ईएमआईमा शून्य सदस्यता शुल्क र वार्षिक शुल्कमै साइकल बुक वा खरिद गर्न सकिने योजना पनि प्रस्तुत गरेको छ।
यसअन्तर्गत एनएमबिका ग्राहकले एपिक माउन्टेन बाइक झम्सीखेल, ग्राभिटी नेपाल झम्सीखेल, हिमालयन सिंगल ट्रेक ठमेल, काडमाण्डौ बाईक स्टेसन पानीपोखरी, साइकल ल्यान्ड, काडमाण्डौबाट माउन्टेन बाइकहरु ‘एनएमबि सुलभ किस्ता’’योजना अन्तर्गत २४ महिनासम्मको सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्।
हालको परस्थिति र सरकारले जारी गरेको सुरक्षाको मापदण्डसँगै अघि बढ्ने उद्देश्यका साथ उक्त योजना अघि सारिएको बैंकले जनाएको छ। वातावरणीय संरक्षण र ग्राहकको आवश्यकतालाई सघाउ पुर्याउने कार्यलाई प्रवर्द्धन गर्न बैंकले नयाँ सुविधाहरु प्रस्तुत गरेको हो। ‘हाम्रो पर्यावरण भावी पुस्तालाई सुरक्षित तबरले हस्तान्तरण गर्न हाम्रो आफ्नै प्रयासले मात्र सक्षम हुनेछ भन्ने सन्देश एनएमबि बैंकले दिएको छ’, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बैंक ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङको सदस्यको नाताले शून्य कार्बन उत्सर्जनका लागि वातावरणमैत्री बैंकिङप्रति प्रतिबद्ध रही आफ्ना ग्राहकको आवश्यकता सम्बोधन गर्न उपरोक्त प्रयास गरिएको हो।’
बैंकले आफ्नो सेवाको क्षितिज अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ निरन्तर प्रस्तुत गर्दै आइरहेको छ। छुट तथा सुविधासम्बन्धी थप जानकारी एनएमबि बैंकको वेबसाइट www.nmb.com.np को Interest Rate सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ।
एनएमबि बैंकले हाल देशभरि १८१ शाखा, १३७ एटीएम र ९ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago