काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२३ मा विश्व अर्थतन्त्रमा मन्दी आउने प्रक्षेपण छ। 

आईएमएफले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.९ प्रतिशत रहने अनुमान गरिएको हो। यसअघि विश्व बैंकले भने १.७ प्रतिशतमात्र आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको थियो। 

यो वर्ष मन्दीमा रहने विश्व अर्थतन्त्रले सन् २०२४ मा भने ३.१ प्रतिशत वृद्धिदर प्राप्त गर्ने आईएमएफले प्रक्षेपण छ। 

यो वर्ष विश्वको ठूला अर्थतन्त्रहरु मन्दीमा जानेछन् । जसले समग्र विश्व अर्थतन्त्र मन्दीमा आउने आईएमएफको अनुमान छ। 

आईएमएफले नेपालको आर्थिक वृद्धिदर भने ५ प्रतिशत रहने अनुमान प्रक्षेपण गरेको छ। जुन विश्व बैंकको अनुमानसँग मिल्न खोज्छ। यसअघि विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान गरेको थियो। 

यस वर्ष माल्दिभ्स र भारतको आर्थिक वृद्धिदर ६.१ प्रतिशत, भुटानको ४.३ प्रतिशत, बंगलादेशको ६ प्रतिशत, पाकिस्तानको ३.५ प्रतिशत, श्रीलंकाको माइनस ३ प्रतिशतको वृद्धि रहने आईएमएफको प्रक्षेपण छ।