काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह-२०२३ अभियान सप्ताहव्यापी पुँजीबजार साक्षरता कार्यक्रम र विभिन्न अन्तर्क्रिया गरी सम्पन्न गरेको छ।

यसअन्तर्गत क्यापिटलले लगानीकर्ता सप्ताहका अवसरमा लगानीकर्ता तथा सर्वसाधारणलाई सुचित गराउने उद्देश्यले विभिन्न स्थानमा सप्ताहव्यापी कार्यक्रम गरेको हो। 

विश्व लगानी कर्ता सप्ताह-२०२३ एकहप्ते लामो आईओएस सीओद्वारा प्रवर्द्धन गरिएको विश्वव्यापी अभियान हो। यसले लगानीकर्तालाई पुँजीबजारसँग सम्बन्धित जानकारी तथा महत्वका बारेमा चेतना जगाउने कार्य गर्दछ।