काठमाण्डौ । बहुपक्षीय कर्जादार्ता निकाय विश्व बैंकले १० करोड ३८ लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र अनुदान दिने भएको छ।
नेपालको स्वास्थ्य प्रणालीको गुणस्तर, पहुँच र उत्थानशीलता सुदृढीकरण गर्न नेपाल सरकार र विश्व बैंकले अन्तरराष्ट्रिय विकास संस्था (आईडीए) बाट १० करोड डलर बराबरको सहुलियतपूर्ण ऋण र स्वास्थ्य आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य कोष (एचईपीआरटीएफ) बाट ३८ लाख ४० हजार डलर बराबरको अनुदान उपलब्ध गराउने भएको हो।
बिहीबार ऋण तथा अनुदान विद्युतीय रूपमा हस्ताक्षरित वित्तीय सम्झौताहरू आदान–प्रदान गरिएको हो। यी सम्झौताहरूका सम्बन्धमा गत कात्तिक १० गते विद्युतीय हस्ताक्षर गरिएको विश्व बैंकले जनाएको छ।
नेपालमा विश्व बैंकद्वारा वित्तीय लगानी गरिएको यो पहिलो विद्युतीय हस्ताक्षरित आयोजना हो। यी सम्झौताहरू अर्थमन्त्री डा प्रकाशशरण महत, विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे र दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष मार्टिन राइजरको उपस्थितिमा अर्थ सचिव डा कृष्णहरि पुष्कर र विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोसले हस्ताक्षर गरेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो कार्यक्रम संघीय तहको स्वास्थ्य बीमा बोर्ड र कोशी र गण्डकी प्रदेशका स्थानीय तहसँगको समन्वयमा कार्यान्वयन गर्ने विश्व बैंकले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19