काठमाण्डौ । विषम परिस्थितिका बाबजुद खुलेको बजार आज बिहीबार सुखद् संकेतका साथ बन्द हुन पुगेको छ।
यो साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ६.३८ अंकले बढेर १३९७.५७ अंक पुगेको छ। यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.३ अंकको बढोत्तरीका साथ २८८.३६ विन्दुमा उक्लिएको छ।
आजदेखि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी भएका कारणले पूर्ववत् अवस्थामा ब्रोकर कार्यालय सञ्चालन नहुँदा कारोबार रकम करिब ४० करोडमा सीमित बन्न पुगेको छ।
काठमाडौ उपत्यकामा आजदेखि एक साताका लागि निषेधाज्ञा जारी भए पनि सुचारु धितोपत्र बजार कोरोनाको महामारीका बाबजुद नेप्से परिसूचक १४ सय विन्दुबाट ह्वात्तै तल तत्काल नझर्ने बलियो मनोविज्ञान भएका कारणसमेत बजार निरन्तर सुधार भइरहेको विश्लेषकहरुको भनाइ छ।
सेयर बिक्री गरे पनि निषेधाज्ञाका कारण बिक्री भएको सेयरको राफसाफ अनिश्चित बन्नु र बिक्रीबापतको सेयर बेच्ने मनस्थिति लगानीकर्ताले नबनाउँदासमेत बजारमा आपूर्तिभन्दा माग अत्याधिक रहेको देखिन्छ। नियमित कारोबार समयमा नेप्सेको मार्केट डेप्थ अध्ययन गर्दा अधिकांश सूचीकृत कम्पनीहरुमा सेयरको आपूर्तिभन्दा माग दोब्बर–तेब्बर रहेको छ।
विषम परिस्थितिमा पनि बजारमा सेयरको माग अधिक सिर्जना हुनु् बजारका लागि सुखद् संकेत भएको विश्लेषकहरुको धारणा छ। बजारमा माग अधिक सिर्जना भएका कारण सूचीकृत कम्पनीहरुमध्ये १०१ कम्पनीका सेयरमूल्य बढेको छ। ३८ कम्पनीका सेयरमूल्यम गिरावट आउँदा २८ कम्पनीको सेयरमूल्य स्थित रहेको छ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये १० वटामा हरियो पोतियो भने २ वटामा रातो पोतियो।
यो दिन जीवन बीमा समूहमा सबैभन्दा बढी ५६.८२ अंकको बढोत्तरी भयो। यस्तै बैंकिङ समूहमा ५.४२ अंक, व्यापार समूहमा २०.११ अंक, विकास बैंक समूहमा ४.२२ अंक, जलविद्युत् समूहमा ७.४२ अंक, वित्त समूहमा २.८५ अंक, निर्जीवन बीमा समूहमा ३२.४१ अंक, उत्पादन तथा प्रशोधन समूहमा २१.७३ अंक, अन्य समूहमा ०.०९ अंक र लघुवित्त समूहमा १२.०२ अंक आज होटेल्स् समूहमा ४.३६ अंक र म्युचुअल फन्ड समूहमा ०.०१ अंकको गिरावट देखियो।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १८२ कम्पनीका १२ लाख १४ हजार ५१४ कित्ता सेयर ३९ करोड ३१ लाख २९ हजार ०६८ रुपैयाँमा कारोबार भयो।
यो दिन नेको इन्सुरेन्सले सबैभन्दा धेरै ३ करोड २ लाख रुपैयाँको कारोबार गर्यो। यस्तै नागरिक लगानी कोषले २ करोड ३९ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीले २ करोड ३० लाख रुपैयाँ, नेपाल बैंकले १ करोड ६८ लाख रुपैयाँ, शिवम् सिमेन्टले १ करोड ५१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ३१ लाख रुपैयाँ, एनएमबी बैंकले १ करोड २५ लाख रुपैयाँ, साना किसान लघुवित्तले १ करोड २० लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकले १ करोड ३ लाख रुपैयाँ र एनआईसी एसिया बैंकले ८८ करोड रुपैयाँ बढीको कारोबार गरे।
धेरै कमाउने र धेरै गुमाउने
आज समृद्धि फाइनान्सका सेयरधनीहरुले उच्च कमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट नै लाग्यो।
यो दिन जोशी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ६ प्रतिशत बढीको गिरावट आयो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago