 
                     
                                
                             
                                    – अर्जुन तिमिल्सिना
काठमाण्डौ । सेयर बजार प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्याल अहिलेको बजार घटाइ अल्पकालीन गिरावटमात्रै भएको बताउँछन्।
बिजशालासँग कुरा गर्दै बस्यालले विगतमा पनि बजार धेरै पटक ३० प्रतिशतसम्म खसेको उदाहरण दिँदै अहिलेको गिरावट अल्पकालीन नै रहेको प्रतिक्रिया दिए। ‘सन् २०१६ मा पनि बजार ३० प्रतिशत नै गिरावट आयो। त्यसैगरी बजार सन् २०१८ सालमा पनि ३० प्रतिशत नै गिरावट आएर फर्कियो’, बस्यालले भने, ‘यस्तै गिरावट २०२० मार्चमा पनि भएको थियो। विगत हेर्दा ३१ प्रतिशतसम्म गिरावट आएर बजार फेरि ‘भी’ आकारमा फर्केको छ।’
‘अहिले पनि बजार ३२२० को विन्दुबाट ३५ प्रतिशतले घट्दा लगभग ११२० अंकको गिरावट हुन आउँछ। अब ३२२० बाट ११२० घटाउँदा यो २१०० हुन आउँछ’, उनले भने, ‘त्यसैले २१०० को विन्दुभन्दा माथि रहून्जेल बजार बुलिस नै हो’, बस्यालले भने, ‘यदि त्यहाँभन्दा तल आउँछ भने अलिकति बढी नै समय बजार घट्न सक्छ र बियरिस पनि हुन सक्छ।’
इलिअट वेभअन्तर्गत यो ३ भित्रको पनि ५ वेभ भएको बस्यालको तर्क रहेको छ। एमएसीडीअन्तर्गत बजारलाई हेर्दा अहिले पनि नेगेटिभ हिस्टोग्राम रहेका र यी बढ्ने क्रम रहुन्जेल बजारमा अल्पकालीन गिरावट भई नै रहेको मनिने उनको तर्क छ।
आरएसआईअन्तर्गत पनि हाल बजार ओभर सोल्ड जोनमा रहेको बस्याल बताउँछन्। उनको बुझाइमा यो अन्तिम गिरावट हो र अब कुनै पनि समयमा बजार फर्किन सक्छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19