 
                     
                                
                             
                                    काठमाण्डौ । सेयर बजारमा केही समयदेखि निरन्तर गिरावट आइरहेको छ। पछिल्लोपटक गत जनवरी १८ को उच्च विन्दु लगभग २९८० पुगेपछि बजार ४५० अंकभन्दा बढीले ओरालो लागिसकेको छ।
अहिले बजारमा विभिन्न व्यक्तिका अनेकन अड्कलबाजी र अनुमान चलिरहेका छन्। बजार जानकार तथा विश्लेषकहरुले बजारमा चैत महिनाको प्रभाव परिरहेको र मुख्य समस्या तरलतामा संकट पर्नु पनि रहेको बताउँदै आएका छन्। तरलता सहज बन्दै गएपछि ब्याजदर पनि घट्ने र बजार पुनः लयमा फर्किने उनीहरुको तर्क छ।
प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्याल आज बजारमा न्यून भोलुममा कारोबार हुनुले अब बटम लगाउँदै गरेको बुझ्न सकिने बताउँछन्। ‘बजार अब २४५० भन्दा तल जाँदैन किनकि बजार निकै स्लो गतिमा झरेको छ’, उनले भने, ‘२९८२ देखिको बजारलाई अहिलेसम्म नियाल्यो भने निरन्तर ५ दिनभन्दा बढी खसेको छैन। जसअनुसार अघिल्लो बुधबारदेखि खस्न सुरु गरेको बजार आज ५ दिन भयो।’
भोलुम निकै घट्नुको कारण बिक्री रोकिएको भनेर बुझ्नुपर्ने बस्याल बताउँछन्। ‘खरिदकर्ता पनि हावी भइसकेको अवस्था छैन’, उनले भने, ‘यो हिसाबले बजार अब फर्किन सक्छ।’
एमएसीडी नेगेटिभ भए पनि आरएसआईसँग जोडेर हेर्दा बजार छिट्टै बुलिस डाइभर्जेन्सको सम्भावना रहेको बस्यालले बताए।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19