काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बन्ने सरकारमा नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा पठाउने भएको छ।
सत्ता गठबन्धनको भर्खर बैठक सम्पन्न भएको थियो। बैठकमा एमालेबाट पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको जिम्मेवारी दिने सहमति भएको जानकारी प्राप्त भएको एमाले प्रचार विभाग सचिव गगन बिष्टले बिजशालालाई जानकारी दिए। ‘पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई आजै सरकारमा सहभागी हुने भन्ने कुरा आएको छ’, उनले भने।
उता माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्री बनाउने निर्णय बैठकले गरेको छ।
गठबन्धनमा सहभागी दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा दाबी गरेका छन्।
उता जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ। जनमत पार्टीले यो मन्त्रालयको जिम्मेवारी पार्टी उपाध्यक्ष अब्दुल खान दिने निर्णय गरेको छ।
प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलले आजै साँझ सपथग्रहण गर्ने कार्यक्रम रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19