 
                     
                                
                             
                                    काठमाण्डौ । लगानीकर्ताका लागि साल २०७७ निकै सुखद् रह्यो। अन्य क्षेत्रमा शिथिलता देखिए पनि सेयर बजारमा निकै रौनक आयो। लगानीकर्ताको आकर्षण पनि अचाक्ली बढेको देखिन्छ। परिसूचकसँगै बजारको आकार पनि ह्वात्तै बढेको छ।
अब साल २०७८ मा बजार कता जाला भन्ने विषयमा लगानीकर्ताले चासो दिन थालेको छ। यसै विषयमा नेपालका चर्चित सेयर बजार प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्याल र बिजशालाकर्मी अर्जुन तिमिल्सिनाबीच भएको कुराकानीको सारसंक्षेप :
२०७७ साललाई फर्केर हेर्दा प्राविधिक तहबाट नेपालको सेयर बजार कस्तो रह्यो ?
– यो पूरा वर्ष नै बुलिस जर्नीमा रह्यो। टेक्निकल्ली बजार निकै स्ट्रङ हुँदै निकै माथि गएको छ। सुरुआती समयमा ११०० बाट माथि गएको हो। बजार १६६८ बाट माथि गएर कोभिडका कारण तल आएको थियो। सुरुआती चरणा अलि भोलाटिलिटी बढ्यो। हाइड्रो सेक्टरबाहेक सबैमा बुल आयो। अझै यसमा नयाँ हाई बनाउन सकेको छैन। समग्रमा यो वर्ष सुखद् रह्यो र आउँदो वर्ष पनि त्यो अपेक्ष गर्न सकिन्छ।
गएको वर्ष नेपालमा प्रविधिमा के–कति विकास भयो ? यहाँलाई त देशविदेशको अनुभव पनि छ।
– प्रविधिमा त मलाई त त्यत्ति ठूलो विकास भएको जस्तो लाग्दैन। पहिलेको सिस्टमलाई नै निरन्तरता दिएको हो। अझै पनि हामी टेक्नोलोजीमा धेरै पछाडि नै छौँ। केही न केही सुधार भएको हो तर गर्नैपर्ने धेरै छन्, हामी धेरै पछाडि छौँ। बरु अहिले उल्टो भएको जस्तो छ। पहिले–पहिले आज किनेर भोलि बेच्न पाइन्थ्यो। तर अहिले त्यो अवस्था छैन। मेरो सम्पत्ति १०÷१५ प्रतिशत बढ्यो भने मैले तुरुन्तै बेच्न किन नपाउने ? अहिले केही रेस्ट्रिक्सन देखेका छौँ। प्राविधिक रुपमा भन्ने हो भने अनलाइनको विकास भएको त हो तर अनलाइनले अडर थेग्न सकेकोजस्तो देखिन्न।
अब २०७८ मा बजार कस्तो होला ?
२०७७ सालको सुरुआती चरणमा बजार जुन गति लिएको थियो, २०७८ साल पनि त्यस्तै हुनेजस्तो देखिएको छ। अर्थात् २०७८ सालको फस्ट क्वार्टरमा बजारमा करेक्सन आउने देखिन्छ। बजार २८०० वा त्योभन्दा माथि ३००० को विन्दुसम्म पनि पुग्ला। त्यसपछि झरेको बजार २३०० विन्दुसम्म आउन सक्छ। त्यसपछि भने बजार माथि जाने सम्भावना देखिन्छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19