काठमाण्डौ । वीरगञ्जमा उपचाररत चारजना कोरोना संक्रमित एकैपटक रिचार्ज हुनसक्ने देखिएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा उपचाररत चारैजनाको पीसीआर परीक्षणको तेश्रो रिपोर्ट नेगेटिभ आएसँगै यो संभावना बढेको हो ।
पछिल्लो समय देशका विभिन्न क्षेत्रका संक्रमितहरु निको भएर घर फर्किने क्रम धमाधम चलिरहेको छ ।
अस्पतालका मेडिकलसुपरीटेन्डेन्ट डा.मदन उपाध्यायले छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवकको तेस्रो रिपोर्ट नेगेटिभ आएको पुष्टि गरे ।
उनका अनुसार तेस्रो पटक पीसीआर परीक्षणका लागि चारजना संक्रमितको स्वाबको नमूना तीन दिनअघि हेटौंडास्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो । त्यहाँ जाँच गर्दा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो ।
उपाध्यायका अनुसार चारैजनाको थ्रोट स्वाब संकलन गरी पुनः पठाइएको छ । चौथो पटकको रिपोर्ट समेत नेगेटिभ आए चारैजनालाई डिस्चार्ज गरिने उनले प्रष्ट्याए ।
यो अस्पतालमा ५ कोरोना संक्रमितलाई राखिएको छ । चारजनाको चौथो परीक्षण रिपोर्ट समेत नेगेटिभ आएमा उनीहरुलाई एकसाथ डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।
त्यहाँ कोरोना संक्रमित भएका सर्लाहीका किशोरलाई भने अलग्गै राखेर उपचार जारी राखिएको छ ।
देशका विभिन्न क्षेत्रमा गरी हालसम्म १२ संक्रमित निको भएर घर फर्किसकेका छन् । कुल ४९ संक्रमितमध्ये ३७ जनाको विभिन्न क्षेत्रका अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । सबै संक्रमितको अवस्था सामान्य भएकोले डिस्चार्ज हुने संख्या धमाधम बढ्नसक्ने देखिन्छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19