काठमाण्डौ । वीरगञ्जका पत्रकारमा समेत कोरोना संक्रमण देखिएको छ ।
नेपालका पत्रकारमा कोरोनाको संक्रमण देखिएको यो पहिलो घटना हो ।
नारायणी अस्पतालका अनुसार मंगलबार वीरगञ्जमा मात्रै ३९ नयाँ संक्रमितको पहिचान भएको थियो । यिनै संक्रमितमध्ये कम्तीमा २ जना पत्रकार समेत रहेका खुलेको हो । सबै ३९ जनालाई नै सम्पर्कमा ल्याइसकेपछि पत्रकारको संख्या थपिनसक्ने संभावना समेत रहेको चिकित्सकहरुले बताएका छन् ।
मंगलबार एकैदिन पर्साको वीरगञ्जसहित देशका विभिन्न स्थानमा ५७ नयाँ संक्रमित फेला परेका थिए ।
संक्रमण पुष्टि भएका पत्रकारहरुमध्ये २ जना सक्रिय पत्रकार रहेका बताइएको छ । उनीहरु कोरोना संक्रमितको समाचार संकलनका लागि फिल्डमा खटिँदै आएका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago