काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार वीरगञ्जमा थप २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 

राष्टिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणको नतिजाअनुसार वीरगञ्जका ५० वर्षीय दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।
उनीहरु आइसोलेसनमा रहेका र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । 

आजै वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेकामध्ये ४ संक्रमित निको भएर डिस्चार्ज भएका छन् । त्यहाँ सर्लाहीका १४ वर्षीय किशोर पनि उपचाररत अवस्थामै छन् । अब नयाँसहित वीरगञ्जमा उपचार गराइरहेका संक्रमितको संख्या ३ हुनेछ ।