काठमाण्डौ । वीर अस्पतालका ७१ जना डाक्टर र नर्समा एकैपटक कोरोना संक्रमण भएको छ ।
योसँगै वीर अस्पतालको ओपिडी सेवा भोलि र पर्सि २ दिनका लागि बन्द हुने घोषणा गरिएको छ ।
आज आएको पीसीआर रिपोर्टमा ७१ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार कोरोना संक्रमण पुष्टि भएकामध्ये अधिकांशमा कुनै लक्षण छैन ।
कोरोना संक्रमण भएका सबै डाक्टरलाई जमलस्थित एल्लो प्यागोडा होटलको आइसोलेसनमा राख्ने तयारी भइरहेको बुझिएको छ ।
अस्पतालका ठूलो संख्याका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि विभिन्न रोगबाट ग्रसित भई सो अस्पतालको आइसियूमा उपचार गराइरहेका बिरामीहरुलाई समेत त्यहाँबाट सार्ने तयारी गरिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago