काठमाण्डौ । वृज सिमेन्टले प्रायोजन गरेका तेह्रौँ राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ।
‘दिगो विकास र समृद्ध नेपालका लागि प्रविधि’ भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको प्राँगणमा गत माघ २० गतेबाट तीनदिने प्रदर्शनी सुरु भएको थियो।
प्रतियोगितामा फोटोग्राफी, क्विज, ट्रेजर हन्ट, पेपर ब्रिज कम्पिटिसन, पेपर प्रिजेन्टेसन, मिक्स डिजाइन कम्पिटिसन, सर्भेइङ च्यालेन्ज, मोडल कम्पिटिसन, सेक टेबल कम्पिटिसन, पोएट्री कम्पिटिसन, ओलमपियाड गरी १२ विधामा विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो।
प्रदर्शनीमा ललितपुर महानगरपालिका मेयर चिरीबाबु मर्हजन, नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यलगायत प्राध्यापक, इन्जिनियर र विद्यार्थीको उल्लेख्य सहभागिता थियो। प्रदर्शनी समापनका अवसरमा प्रतियोगिताका विजेता र उपविजेतालाई वृज सिमेन्टका सियिर ब्रान्ड म्यानेजर अमित श्रेष्ठले वृज सिमेन्ट ट्रफी प्रदान गरेका थिए।
सिभिल इन्जिनियर विधार्थी समाज नेपालद्वारा आयोजित राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगितामा विगत ९ वर्षदेखि वृज सिमेन्टले ट्रफी प्रायोजन गर्दै आएको छ।
वृज सिमेन्ट इन्डस्ट्रिज केडिया अर्गनाइजेसनअन्तर्गत एउटा प्रभाग हो। यो कम्पनी भैरहवा–लुम्बिनी (रुपन्देही जिल्ला) मा अवस्थित छ। वृज सिमेन्ट उद्योगले पोर्टल्यान्ड पोजोलाना सिमेन्ट (पीपीसी), ४३ ग्रेडसाधारण पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) र पोर्टल्यान्ड स्लाग सिमेन्ट (पीएससी) सिमेन्ट उत्पादन गरी बिक्रीवितरण गर्दैै आइरहेको छ।
कम्पनीको गुणस्तरीय उत्पादन र सहज आपूर्तिको व्यवस्थापनका कारण नै देशको अधिकांश स्थानमा वृज सिमेन्टको माग भइरहेको छ। नेपाल सिभिल इन्जिनियरिङअन्तर्गत निर्माण क्षेत्रमा वृज सिमेन्टले गुणस्तरीय सिमेन्टको छवि बनाएको छ। त्यसैअनुसार देशभरका आम नेपाली उपभोक्ताबीच यो सिमेन्ट परिचित भएको छ र बिक्रीवितरण हुँदै आएको छ।
नेपालको प्राविधक तथा सामाजिक क्षेत्रमा समेत संस्थागत उत्तरदायित्व बहन कार्यक्रमअन्तर्गत महत्वपूर्ण सहयोग गरी राष्ट्र निर्माणमा योगदान गर्दै आएको कम्पनीले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19