काठामाडौँ । वेष्टर्न डेभलपमेन्ट बैंकको अधिकांश सूचकमा छलाङ मारे पनि खराब कर्जा अनुपात भने वृद्धि भएको छ । 

बैंकले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो नौ महिनासम्मको अवधिमा खुद नाफा २८ प्रतिशतले वृद्धि गरेको देखिएको छ । गत वर्ष ४ करोड ८३ लाख रुपैया खुद नाफा आर्जन गरेको बैंकले यस वर्ष सोही अवधिसम्ममा ६ करोड १९ लाख ३८ हजार खुद नाफा कर्माएको छ ।
 
लघुवित्तको संचालन मुनाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले खुद नाफासमेत वृृद्धि भएको हो । गत वर्ष ७ करोड ५९ लाख संचालन मुनाफा आर्जन गरेको बैंकले यसवर्ष ९ करोड ७३ लाख सञ्चालन मुनाफा आर्जन गरेको हो । यो गत वर्षको भन्दा २८ दशमलव ११ प्रतिशत भन्दा बढी हो । 

यसैगरी गत वर्षण् ७ करोड ८० लाख खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्षको पहिलो नौ महिनामा ११ करोड ४७ लाख खुद मुनाफा आर्जन गर्न सकेको हो । यो गत वर्षको भन्दा करीव ४७ प्रतिशत बढी प्रगति हो । 

समीक्षा अवधिसम्म बैंकले २ अर्ब ५५ करोड कर्जा परिचालन गरेका छ भने २ अर्ब ९९ निक्षेप संकलन गरेको छ । यो गत वर्षको भन्दा क्रमशः ३९ प्रतिशत र ३० प्रतिशले बढी हो । 
 
अधिकांश सूचकमा फड्को मारेको बैंकको खराब कर्जा अनुपात भने वृद्धि भएको छ । गत वर्ष शून्य दशमलव ५६ प्रतिशतमात्र खराब कर्जा रहेको बैंकमा यस वर्ष १ दशमलव ६७ प्रतिशत खराक कर्जा छ । प्रतिशेयर नेटवर्थ १ सय १९ दशमलव ०५ रुपैयाँ रहेको बैंकको चुक्ता पूजी ४२ करोड ९३ लाख छ भने ८ करोड १७ लाख जगेडा कोषमा संचित छ ।