काठमाण्डौ । भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ सोमबार बाँडफाँट गरिएको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि १०० रुपैयाँ अंकित दरको १ लाख ९१ हजार २५० कित्ता सेयर बिक्रीका लागि आह्वान गरेको थियो । आह्वान अनुसार जम्मा २९ हजार ३० जना आवेदकहरुबाट ७ लाख ५२ हजार ४० (जारी गरेको भन्दा ३.९३ गुणा बढी) का लागि आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ ।
त्यसमा रितपूर्वक आवेदन दिएकाहरु मध्ये १९ हजार १२५ जनाले आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन् । क्रम्पनीको जारी पूँजीको १० प्रतिशत अर्थात् १९ करोड १२ लाख ५० हजार बराबरको १९ लाख १२ हजार ५०० कित्ता सेयर आगामी असोज १७ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि निष्कासन भइरहेको समेत कम्पनीले बताएको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19